site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्थमन्त्रीलाई बीचमै रोकेर कांग्रेस सचेतक रास्वपामाथि खनिएपछि...

काठमाडौं । प्रतिनिधिसभामा सोमबार अर्थमन्त्री विष्णु पौडेल बोलिररहेका थिए । सांसदहरूले बजेटबारे उठाएका प्रश्नको जवाफ दिइरहेका अर्थमन्त्री पौडेललाई नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ बीचमै रोकिन् ।

संसद्‌भित्र नाराबाजीमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले 'मानव तस्करी'लगायत आपत्तिजनक शब्द प्रयोग गरेको र वक्ता बोलिरहेको बेलामा अवरोध भएको भन्दै उनले आपत्ति जनाएकी थिइन् । उनले 'मानव तस्करी'बारे सदनमा स्पष्ट पार्न आग्रह गरिन् ।

उपसभामुख इन्दिरा रानालाई लक्षित गर्दै उनले 'पाँच जनालाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो ?' वा 'कुन विषयको मानव तस्करी हो ?' भन्दै स्पष्ट पार्न आग्रह गरिन् ।

“आपत्तिजनक शब्दहरू यहाँ, मानव तस्करीको कुरा उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुरा उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ? मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो ? जसले ५–५ वटा व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि ? कुन विषयको मानव तस्करी हो ? सदनमा स्पष्ट पारियोस्,” उनले भनिन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित रास्वपाले संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्