काठमाडौंमा भारी वर्षा हुँदा जे देखियो... (तस्बिरहरू)
काठमाडौं । काठमाडौंमा भारी वर्षा भएको छ । शुक्रबार मध्याह्नतिर काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, पछिल्लो एक घण्टामा काठमाडौंको बबरमल क्षेत्रमा धेरै वर्षा भएको छ । बबरमल स्टेसनमा एक घण्टामा २८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै, त्रिभुवन विमानस्थल क्षेत्रमा १५, कीर्तिपुरमा ६.८ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।
भारी वर्षाका कारण केहीबेर जनजीवन प्रभावित बनेको थियो । विशेषगरी, यात्रामा निस्किएका सर्वसाधारण समस्यामा परेका थिए ।
विभागकी मौसमविद् शान्ति कँडेल विभागकी मौसमविद् शान्ति कँडेलका अनुसार, पश्चिमतिरबाट वर्षा गराउने प्रणालीले काठमाडौंमा वर्षा गराएको हो ।
“पश्चिमतिरबाट वर्षा गराउने प्रणाली आइरहेकाले केही समय यस्तै ठूलो पानी पर्नेछ,” कँडेल भन्छिन् ।
हेर्नुहोस् तस्बिर
-1749797967.jpg)
-1749797967.jpg)
-1749797965.jpg)
-1749797965.jpg)
-1749797966.jpg)
-1749797966.jpg)
-1749797965.jpg)
-1749797965.jpg)
-1749797964.jpg)
-1749797964.jpg)
-1749797963.jpg)
-1749797963.jpg)
-1749797962.jpg)
-1749797962.jpg)
-1749797961.jpg)
-1749797961.jpg)
-1749797960.jpg)
-1749797960.jpg)
-1749797959.jpg)
-1749797959.jpg)
-1749797957.jpg)
-1749797957.jpg)
-1749797956.jpg)
-1749797955.jpg)
-1749797955.jpg)
-1749797954.jpg)
-1749797954.jpg)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी