site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा गएका छन् । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल बिहीबार बेलायत प्रस्थान गरेका हुन् । 

महासचिव भोलिदेखि सुरु हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्युरो सदस्य सुजिता शाक्य पनि बेलायत गएकी छिन् । 

बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य एवं युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए । 

महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्