site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठकको समय सारियो

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । बैठकको समय सारेर ५:३० बजे पुर्‍याइएको छ ।

यसअघि, बैठकको आजै दिउँसो ३ बजेका लागि तय गरिएको थियो ।

यसअघि, आजै सभामुख देवराज घिमिरेसँगको भेटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनको अवरोध खुलाउने विषयमा विपक्षी दलमा 'मिलाउने' आश्वासन दिएका थिए ।

"रास्वपासँग भाषाको कुरा मिलाउँछौँ । सत्तापक्षसँग पनि आजै बस्छौँ, आजै निष्कर्षमा पुग्छौँ । म गम्भीर छु," प्रचण्डको भनाइ उद्धृत गर्दै सभामुखको सचिवालयका शेखर अधिकारीले भने ।

सभामुखले प्रचण्डलाई सदन खुलाउन नेतृत्व गरिदिन आग्रह गरेका थिए ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलले जेठ १५ गतेयता निरन्तर सदन अवरुद्ध गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्