site stats
बाह्रखरी :: Baahrakhari
कला
भीमार्जुनको गीत ‘रातैभरि’ सार्वजनिक

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यको गीत ‘रातैभरि’ सार्वजनिक भएको छ । 

अर्जुन मिलनको नाममा साहित्यिक  र सांगीतिक सिर्जना गर्दे आएका आचार्यले जेठ २५ को आमाको स्मृतिमा आफ्नै शब्द, संगीत र स्वर रहेको ‘सम्झिरहेँ  रातैभरि...’ बोलको गीति भिडियो सार्वजनिक गरेका हुन् । 

“अर्थपूर्ण शब्द, मेलोडियस संगीत र हृदयको फिल र इमोसनबाट एउटा जीवन्त गीतको जन्म हुन्छ,” भीमार्जुन भन्छन्, “त्यस्तो गीत नै आफैँमा गीत हुन्छ । यस्तै गीत सिर्जना गर्ने प्रयास मैले गरेको छु ।” 

भीमार्जुनका ‘मौनताको सहर’, ‘सजिलो हुँदैन जीवन’, ‘एउटा जीवन’ र ‘अतीत’ गरी चारवटा गीति एल्बम यसअघि सार्वजनिक भइसकेका छन् । 

‘सबैले देशबाट’, ‘हिमालका कुरा गर्‍यौ’, ‘हासो कता भाग्यो कुन्नी’, ‘ढिंडो भए हुन्छ मलाई’, ‘मौनताको सहरमा’, ‘कसरी भनू तिमीलाई’, ‘फेरि आज यो मनमा’, ‘जित्नेलाई मीठो जीवन’, ‘मानिसको जिन्दगी यो’, ‘एउटा जीवन’, ‘एकान्तमा आँशु बन्दै’, ‘आफैसँग बिरानो म’, ‘जीवन हो लामो बाटो’ आदि उनका चर्चित गीत हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्