जेलेन्स्की भन्छन्– अमेरिकाले युक्रेनलाई दिने भनेको २० हजार मिसाइल मध्यपूर्व पठायो
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई दिने भनेको २० हजार मिसाइल मध्यपूर्व पठाएको आरोप लगाएका छन् । उनले मिसाइल युक्रेन पठाउने सम्बन्धमा तत्कालीन जो बाइडेन प्रशासनसँग सम्झौता भएको तर डोनाल्ड ट्रम्प प्रशासनले मध्यपूर्वतर्फ डाइभर्ट गरेको बताएका छन् ।
यसअघि, युक्रेनको राजधानी किभमा एबीसी न्युजका संवाददातासँग कुरा गर्दै उनले भनेका थिए, “अमेरिकाको सहयोगबिना हामीले धेरै हार्नेमात्र हो ।”
रुसले युक्रेनविरुद्ध ड्रोन आक्रमण थालेका बेला अमेरिका ठूलो संख्याका मिसाइल डाइभर्ट गरिदिएको हो ।
रुसले आइतबार रातिमात्र युक्रेनमा ४७९ ड्रोन र २० वटा मिसाइलले आक्रमण गरेको थियो । गत हप्तामात्र युक्रेन आक्रमण गरेपछि रुसले आक्रमणलाई तीव्र पारेको छ ।
एबीसीन्युजबाट ।