site stats
बाह्रखरी :: Baahrakhari
देश
कुवेतस्थित नेपाली दूतावासको श्रमिक सचेतना कार्यक्रम

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले श्रम बजार, सुरक्षित रोजगारी तथा वित्तीय सचेतनाको सम्बन्धमा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कुवेतमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक वैदेशिक रोजगारीका बहुआयामिक पक्षबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।

सोहीअन्तर्गत कुवेत सिटीस्थित कोस्टाडेल सोल होटलको सभाहलमा कुवेतको श्रम बजार, सुरक्षित रोजगारी तथा वित्तीय सचेतनाको सम्बन्धमा ‘श्रमिक सचेतना’ विषयक एक अन्तरक्रिया कार्यक्रम गरिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रमका सहभागीले उठाएका विविध विषयको समग्र सम्बोधन गर्दै कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई दूतावासबाट प्रदान गरिने विभिन्न सेवा सरल, शीघ्र एवं प्रभावकारी ढंगबाट प्रवाह गर्दै आएको बताएका थिए ।

नेपाली श्रमिकहरूको प्रतिनिधि तथा श्रमिकसँग छलफल गरी गुनासा सुन्ने र समस्याको समाधान गर्न दूतावास सधैँ तयार रहेको उनले जनाए । 

सहभागीसँग दूतावासको सेवा प्रवाह, यसमा देखिएका कठिनाइ, समाधानको उपाय तथा कुवेतमा रोजगारीको अवसरका सम्बन्धमा विविध जिज्ञासाबारे विस्तृतरूपमा छलफल भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्