site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अब कोही प्रधानमन्त्री भ्रष्टाचारमा जोगिनेवाला छैनन् : राजेन्द्र पाण्डे
राजेन्द्र पाण्डे ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रिपरिषद्का निर्णयमा भ्रष्टाचार मुद्दा लगाउन सुरु भएको भन्दै अब कोही पनि प्रधानमन्त्री नजोगिने बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछिको प्रतिक्रियामा पाण्डेले यस्तो बताएका हुन् ।

“अब विगतमा भएका क्याबिनेटका निर्णयहरू भ्रष्टाचारजन्य केस बन्न सक्छन्,” उनले भने, “कोही पनि प्रधानमन्त्री बच्नेवाला छैनन् ।”

हाल प्रतिशोध साध्नुपर्नेलाई मुद्दा लगाइँदा भोलि कुनै पनि मन्त्रिपरिषद् वा प्रधानमन्त्री छानबिनमा तानिने अवस्था बनेको उनले उल्लेख गरे । उनले अब प्रधानमन्त्रीले समेत निर्णय गर्न डराउने अवस्था आएको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्