site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यसैगरी प्रतिशोध साँध्ने हो भने कुनै प्रधानमन्त्रीले काम गर्न सक्दैनन् : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधव नेपालविरुद्धको मुद्दा राजानीतिक प्रतिशोधमा लगाइएको दाबी गरेका छन् । नीतिगत निर्णयले गरेका कामलाई भ्रष्टाचार मुद्दा लगाउने हो भने संसद्का धेरै बिदा हुनुपर्ने उनले बताए ।
 
पोण्डेले भने, “हाम्रो नेताको कुनै अपराध छ जस्तो लाग्दैन । २८ गते संवैधानिक निकायबारे फैसला हुनु र यो सँगै भएको छ, यो राजनीतिक प्रतिशोध हो ।” 

प्रधानमन्त्रीलाई नीतिगत निर्णय गर्न पाउने अधिकार संविधानले दिएको उनले बताए । “यसैगरी मुद्दा लगाउने हो भने संसद्‍मा भएका धेरै बिदा हुनुपर्ने हुन्छ,” उनले भने, “अहिले हाम्रो अध्यक्ष रौतहटमा हुनुहुन्छ, हामी बैठक बसेर धारणा सार्वजनिक गर्छौं ।” 

यसरी मुद्दा लगाउने हो भने कोही पनि प्रधानमन्त्री नबच्ने र मन्त्रिपरिषद्ले अब कुनै ठूलो निर्णय गर्न नसक्ने उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्