site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विद्युतीय चार्जिङ मेसिन उद्योगलाई ६ वर्षसम्म कर छु्ट
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योगलाई प्रोत्साहित गरेको छ ।

विद्युतीय सवारीसाधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण पैठारीमा एक प्रतिशत भन्सार महसुल लिई अरू कर नलाग्ने व्यवस्था गरिएको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

बिहीबार (जेठ १५) संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्ता उद्योगलाई ६ वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्