त्रिपाठीमाथि आक्रमणविरुद्ध सर्वोच्च बारको प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि थुनछेक आदेश हुने दिन (माघ २) काठमाडौं जिल्ला अदालतमा बहस सकाएर बाहिरिने क्रममा त्रिपाठीमाथि आक्रमण गरिएको थियो । त्यसविरुद्ध सर्वोच्च बार एसोसिएसनमा आबद्ध कानुन व्यवसायीले आइतबार हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले समग्र कानुन व्यवसायीको सुरक्षाको प्रत्याभूति गर्न माग गरे ।
विरोध प्रदर्शनमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरू, सर्वोच्च बारका पूर्वअध्यक्षसहित वरिष्ठ अधिवक्ता तथा युवा कानुन व्यवसायी र पीडित त्रिपाठी समेतको उपस्थिति थियो ।
थप तस्बिर हेर्नोस्–
-1737275963.jpg)
-1737275963.jpg)
-1737275961.jpg)
-1737275962.jpg)
-1737275961.jpg)
-1737275961.jpg)
-1737275960.jpg)
-1737275960.jpg)
-1737275959.jpg)
-1737275959.jpg)
-1737275958.jpg)
-1737275958.jpg)