देखाइयो भोटो, सकियो जात्रा (तस्बिरहरू)
काठमाडौं । भोटो देखाइएसँगै वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएको छ । आइतबार जावलाखेलमा भोटो देखाइएपछि रातो मच्छिन्द्रनाथको रथजात्रा औपचारिकरूपमा सम्पन्न भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । त्यसक्रममा राष्ट्रपति पौडेलले मच्छिन्द्रनाथको दर्शन गर्दै प्रसाद ग्रहण गरेका थिए ।
भोटोजात्राको अवलोकनका लागि उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।
मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो ।
मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा चिनिन्छ ।
हेर्नुहोस् तस्बिहरू :
-1722776831.jpg)
-1722776830.jpg)
-1722776829.jpg)
-1722776828.jpg)
-1722776825.jpg)
-1722776822.jpg)
-1722776821.jpg)
-1722776820.jpg)
-1722776819.jpg)
-1722776817.jpg)
-1722776817.jpg)
-1722776815.jpg)
-1722776815.jpg)
-1722776814.jpg)
-1722776812.jpg)
-1722776810.jpg)
-1722776809.jpg)
-1722776808.jpg)
-1722776807.jpg)
-1722776805.jpg)
-1722776804.jpg)
-1722776802.jpg)
-1722776801.jpg)
-1722776800.jpg)
-1722776799.jpg)
-1722776798.jpg)