कान्ति बाल अस्पतालको स्पष्टीकरण– आईसीयू बेड खाली नै थिएन, कमजोरी भएकै छैन
काठमाडौं । कान्ति बाल अस्पतालमा मंगलबार राति एक सिकिस्त बालिकालाई आईसीयू बेड खाली नभएपछि फर्काइएको विषयले सबैको ध्यानाकर्षण गरेको छ ।
बागलुङको निसिखोलाबाट ल्याइएकी बालिकालाई अस्पतालले भर्ना नलिएको बिरामीका अभिभावकको गुनासो छ । तत्काल भेन्टिलेटर चाहिले बालिकालाई अस्पतालको इमर्जेन्सीका चिकित्सकले 'अन्त लैजान' भन्दै बेडमै छाडेको बिरामी पक्षको दाबी छ ।
अस्पतालमा एउटा आईसीयू बेड खाली भए पनि बालिकालाई भर्ना नलिएको बिरामीका आफन्तको आरोप छ ।
घटना सार्वजनिक भएपछि सिकिस्त बिरामीलाई अस्पतालले बेवास्ता गरेको भन्दै अस्पतालको आलोचना भएको छ । बालिकाको हाल चाबहिलस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालले भने बालिकाको उपचारमा अस्पतालको तर्फबाट कमजोरी नभएको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. पंकज राय भेन्टिलेटरसहितको आईसीयू बेड खाली नभएकाले उनलाई अन्यत्र रिफर गर्नुपरेको बताउँछन् ।
बाह्रखरीसित निर्देशक रायले गरेको कुराकानीको संक्षिप्त अंश :