प्रधानसेनापति शर्माबाट एनसेल बाह्रखरी गल्फको ‘टी–अफ’
काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरूपमा आयोजना गर्दै आएको ‘एनसेल बाह्रखरी गल्फ एन्ड वियोन्ड’को सातौँ संस्करण प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन् ।
शनिबार (आज) बिहानबाट पोखराको हिमालयन गल्फ कोर्समा प्रधानसेनापति शर्माले ‘टी–अफ’ गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
यो कर्पोरेट गल्फ प्रतियोगिता १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा भइरहेको छ । एक होल केही बिग्रिएकाले दुई होल दोहोर्याएर खेलिनेछ ।
-1710559040.jpg?timestamp=1710559139871)
प्रतियोगिताको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले बाह्रखरी गल्फबाट गल्फ क्षेत्रका अन्य क्षेत्र र नयाँ उद्यमीहरूबीच सेतु बनाउन खोजिएकोमा बाह्रखरीप्रति धन्यवाद व्यक्त गरे ।
“यो इभेन्टलाई मैले विगत तीन वर्षदेखि पछ्यारहेको छु । पहिले धरानमा, काठमाडौंमा र अहिले पोखरामा,” प्रधानसेनापति शर्माले भने, “यसले गल्फरमात्र नभई गल्फसँग सम्बन्धित अन्य क्षेत्र र नयाँ उद्यमीहरूबीच सेतु बनाउने हिसाबले आयोजना गरेकोमा बाह्रखरीलाई धन्यवाद दिन चाहन्छु । धेरै राम्रो खेलमा सबैले पुरस्कार जित्नुहुनेछ भन्ने आशा गरेको छु ।”
-1710559038.jpg?timestamp=1710559158476)
यस्तै, कार्यक्रमको मुख्य प्रायोजक एनसेलका सीईओ तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले प्रतियोगिताको मुख्य प्रायोजकमा एनसेल रहन पाउँदा आफू हर्षित बनेको बताए ।
“एक वर्ष पहिले म यहाँ आउँदा मैले बाह्रखरीको गल्फ प्रतियोगिताबारे सुनेको थिएँ । यस प्रतियोगितामा यो मेरो पहिलो अनुभव हो,” कार्यकारी निर्देशक कायुमोभले भने, “यस प्रतियोगिताको मुख्य प्रायोजकमा एनसेल रहन पाउँदा म हर्षित छु । म सबै गल्फरहरूलाई सुभकामना दिन चाहन्छु । मैले यो कोर्स निकै चुनौतीपूर्ण देखेको छु । म यहाँ पहिलोपटक खेल्दै छु । म यो दिन सुखीसाथ बिताउन चाहन्छु ।”
-1710559031.jpg?timestamp=1710559172537)
प्रतियोगिता शुक्रबार सुरु भए पनि प्रधानसेनापतिबाट आज उद्घाटन भएको हो । प्रतियोगितामा पुरुषतर्फ १२० र महिलातर्फ १० गरी कुल १३० जना गल्फर सहभागी छन् । प्रतियोगिताको दोस्रो दिन आज ५२ जना गल्फरले प्रतिस्पर्धा गर्नेछन् । जसमा ६ महिला र ४६ जना पुरुष गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि पहिलो दिन ६८ गल्फरले प्रतिस्पर्धा गरेका थिए । जसमा चार महिला र ६४ पुरुष गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
होल नम्बर चारमा एकै सटमा लक्ष्य प्राप्त गरे ‘होल इन वन’ पुरस्कारका रूपमा बीवाईडीको अट्टो थ्री गाडी पुरस्कार जित्नेछन् ।
-1710559030.jpg?timestamp=1710559184925)
प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।
पोखरा महानगरपालिका–१४ स्थित हिमालयन गल्फ कोर्सलाई गल्फको प्रतिष्ठित म्यागाजिन ‘गल्फ डाइजेस्टले विश्वकै उत्कृष्ट गल्फ कोर्समध्येको एकमा राखेको छ ।
प्रतियोगिताको पुरुष र महिलातर्फको विजेता र उपविजेता, बेस्ट ग्रस, सिनियर (६० वर्षमाथि)तर्फको विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टू द पिन, मोस्ट बर्डी विधामा खेलाडीले पुरस्कार जित्नेछन् । प्रतियोगिताको विजेताले सुनको बल जित्नेछन् । अन्यले गिफ्टह्याम्पर पुरस्कार पाउनेछन् ।
गत चार वर्षजस्तै एनसेल यो वर्ष पनि प्रमुख प्रायोजकका रूपमा बाह्रखरी गल्फसँग आबद्ध छ । हरेक वर्ष अर्बौं रुपैयाँ कर तिरेर सबैभन्दा बढी राजस्व तिर्ने कम्पनीको सूचीमा रहन सफल एनसेलले सरकारलाई कर तथा गैरकर गरी तीन खर्बभन्दा बढी राजस्व तिरिसकेको छ । प्रत्यक्ष, अप्रत्यक्षरूपमा २५ हजारभन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ ।
-1710559037.jpg?timestamp=1710559227995)
कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका सह–आयोजकको रूपमा छन् ।
यसैगरी, इन एसोसिएसन विथ (साझेदार)मा विद्युतीय गाडी बीवाईडी रहेको छ । नेपाल मात्र नभएर विश्वमा अहिले विद्युतीय गाडीमा बीवाईडीले अग्रस्थान बनाएको छ ।
प्रभु बैंक लिमिटेड (बैंक अफ दी इयर), सिभास रिगल, गोर्खा ब्रुअरी (कार्ल्स बर्ग), एनआईसी एसिया बैंक लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका छन् ।
-1710559036.jpg?timestamp=1710559241968)
गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले ६ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको छ । बाह्रखरी गल्फको यो सातौँ संस्करण हो ।
यसअघि बिहीबार गल्फको पूर्वसन्ध्यामा पोखरालाई पर्यटकीय राजधानीको रूपमा प्रबर्धन गर्न साइकल र्यालीसमेत सम्पन्न भएको थियो ।
-1710559024.jpg?timestamp=1710559252424)
-1710559023.jpg?timestamp=1710559252424)
-1710559022.jpg?timestamp=1710559252424)
-1710559025.jpg?timestamp=1710559252424)
-1710559021.jpg?timestamp=1710559252424)
-1710559022.jpg?timestamp=1710559252424)
-1710559028.jpg?timestamp=1710559252424)
-1710559032.jpg?timestamp=1710559252424)