एनसेल बाह्रखरी गल्फको सातौँ संस्करण पोखरामा सुरु
काठमाडौं । एनसेल बाह्रखरी गल्फ एन्ड वियोन्डअन्तर्गत कर्पोरेट गल्फ प्रतियोगिता सुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिता शुक्रबार (आज) बिहानबाट पोखराको हिमालयन गल्फ कोर्समा सुरु भएको हो ।
प्रतियोगितामा १३० जना गल्फरको सहभागिता रहनेछ । पहिलो दिन आज ६८ गल्फरले प्रतिस्पर्धा गर्दैछन् । जसमा चार महिला र ६४ पुरुष गल्फर छन् ।
६९ पारको १८ होलमा १२० पुरुष र १० महिला गल्फरले प्रतिष्पर्धामा भाग लिएका छन् ।
होल नम्बर चारमा एकै सटमा लक्ष्य प्राप्त गरे ‘होल इन वन’ पुरस्कारका रूपमा बीवाईडीको अट्टो थ्री गाडी पुरस्कार जित्नेछन् ।
शनिबारसम्म चल्ने प्रतियोगिताको पुरुष र महिलातर्फको विजेता र उपविजेता, बेष्ट ग्रस, सिनियर (६० वर्षमाथि)तर्फको विजेता, लंगेष्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मोस्ट बर्डी विधामा खेलाडीले पुरस्कार जित्नेछन् । प्रतियोगितामा प्रथम विजेताले सुनको बल प्राप्त गर्नेछन् । अन्य विजेताले पनि ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका सहआयोजक रहेका छन् । गत चार वर्षजस्तै एनसेल यो वर्ष पनि प्रमुख प्रायोजकका रूपमा बाह्रखरी गल्फसँग आवद्ध छ ।
हरेक वर्ष अर्बौं रुपैयाँ कर तिरेर सबैभन्दा बढी राजश्व तिर्ने कम्पनीको सूचीमा रहन सफल एनसेलले सरकारलाई कर तथा गैरकर गरी तीन खर्बभन्दा बढी राजश्व तिरिसकेको छ । प्रत्यक्ष, अप्रत्यक्षरूपमा २५ हजारभन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ ।
यसैगरी, इन एसोसिएसन विथ (साझेदार)मा विद्युतीय गाडी बीवाईडी रहेको छ ।
प्रभु बैंक लिमिटेड (बैंक अफ दी इयर), सिभास रिगल, गोर्खा ब्रुअरी (काल्र्स बर्ग), एनआईसी एसिया बैंक लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्स प्रायोजक रहेका छन् ।
गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले विगत सात वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको छ ।
पोखरा महानगरपालिका–१४ स्थित हिमालयन गल्फ कोर्स विश्वकै उत्कृष्ट कोर्समध्येमा पर्छ । यस कोर्सलाई गल्फको प्रतिष्ठित म्यागाजिन ‘गल्फ डाइजेस्ट’ ले विश्वकै उत्कृष्ट गल्फ कोर्समध्येको एकमा राखेको छ ।
यसअघि बिहीबार गल्फको पूर्वसन्ध्यामा पोखरालाई पर्यटकीय राजधानीको रूपमा प्रवर्द्धन गर्न साइकल र्याली समेत सम्पन्न भएको थियो ।
भोलिसम्म चल्ने प्रतियोगिताका विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गर्नेछन् । प्रधानमन्त्रीसहित विशिष्ट पाहुना बुधबारदेखि नै पोखरा आइपुगेका छन् ।
-1710474472.jpg?timestamp=1710474473823)
-1710474464.jpg?timestamp=1710474473823)
-1710474463.jpg?timestamp=1710474473823)
-1710474463.jpg?timestamp=1710474473823)
-1710474462.jpg?timestamp=1710474473823)
-1710474462.jpg?timestamp=1710474473823)
-1710474460.jpg?timestamp=1710474473823)
-1710474455.jpg?timestamp=1710474473823)
-1710474454.jpg?timestamp=1710474473823)
-1710474454.jpg?timestamp=1710474473823)
-1710474440.jpg?timestamp=1710474473823)
-1710474439.jpg?timestamp=1710474473823)
-1710474439.jpg?timestamp=1710474473823)
-1710474424.jpg?timestamp=1710474473823)
-1710474424.jpg?timestamp=1710474473823)
-1710474411.jpg?timestamp=1710474497435)
-1710474411.jpg?timestamp=1710474497435)
-1710474410.jpg?timestamp=1710474497435)
-1710474410.jpg?timestamp=1710474497435)
-1710474408.jpg?timestamp=1710474497435)
-1710474403.jpg?timestamp=1710474497435)
-1710474401.jpg?timestamp=1710474497435)
-1710474402.jpg?timestamp=1710474497435)
-1710474401.jpg?timestamp=1710474497435)
-1710474389.jpg?timestamp=1710474497435)
-1710474389.jpg?timestamp=1710474497435)
-1710474388.jpg?timestamp=1710474497435)
-1710474388.jpg?timestamp=1710474497435)
-1710474364.jpg?timestamp=1710474497435)
-1710474364.jpg?timestamp=1710474497435)
-1710474363.jpg?timestamp=1710474497435)
-1710474363.jpg?timestamp=1710474516845)
-1710474361.jpg?timestamp=1710474516845)
-1710474359.jpg?timestamp=1710474516845)
-1710474356.jpg?timestamp=1710474516845)
-1710474356.jpg?timestamp=1710474516845)
-1710474355.jpg?timestamp=1710474516845)
-1710474355.jpg?timestamp=1710474516845)
-1710474354.jpg?timestamp=1710474516845)
-1710474351.jpg?timestamp=1710474516845)
-1710474348.jpg?timestamp=1710474516845)
-1710474347.jpg?timestamp=1710474516845)
-1710474342.jpg?timestamp=1710474516845)
-1710474342.jpg?timestamp=1710474516845)
-1710474341.jpg?timestamp=1710474516845)
-1710474341.jpg?timestamp=1710474516845)
-1710476288.jpg?timestamp=1710476291416)
-1710476288.jpg?timestamp=1710476291416)
-1710476288.jpg?timestamp=1710476291416)
-1710476288.jpg?timestamp=1710476291416)
-1710476287.jpg?timestamp=1710476291416)