देश
यी नदीमा आज बहाव उल्लेख्य बढ्ने
काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । पश्चिम राप्ती, बबई, तिनाउलगायत नदीमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन झापा, मोरङ, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, जाजरकोट, सल्यान, बाँके र बर्दिया आसपास भई बहने केही साना नदीमा पनि बहाव सामान्य बढ्न सक्ने पूर्वानुमान छ ।
नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १०:३१
प्रतिक्रिया दिनुहोस्