देश
काठमाडौंको बूढानीलकण्ठ, जितपुर क्षेत्रमा भारी वर्षा
विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा बिहान ७ बजेसम्म उच्च सतर्क रहन आग्रह
काठमाडौं । काठमाडौंका विभिन्न भू–भागमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ । बूढानीलकण्ठ, जितपुर र आसपास पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ ।
विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० ०५:३०
प्रतिक्रिया दिनुहोस्