देश
मेडिकल काउन्सिलको अनलाइन सेवा दुई दिन बन्द
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दुई दिनका लागि अनलाइन सेवा बन्द गरेको छ ।
अनलाइनमार्फत हुने सबै प्रकारका काम सोमबार र मंगलबार बन्द गरिएको हो ।
सर्भर स्थानान्तरण तथा अध्यावधिक कार्य भइरहेकाले दुई दिनलाई सेवा बन्द गर्नुपरेको काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्