अर्थ व्यवसाय
संसद् भवन घेराउ गर्न नयाँबानेश्वर पुगे सहकारीपीडित
काठमाडौं । विभिन्न सहकारीमा राखेको आफ्नो पैसा नपाएका दजर्नाैं पीडितहरु संसद् भवन घेराउन गर्न काठमाडौंको नयाँबानेश्वर पुगेका छन् ।
गत शनिबारदेखि आन्दोलनमा रहेका सहकारीपीडितहरुले आज (बिहीबार) संसद् भवन घेराउसहित विरोध प्रदर्शन गर्ने भएका हुन् । अहिले उनीहरु बानेश्वरमा संसद् भवनअगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

सहकारी पीडितहरुले सञ्चालकलाई कारबाहीको माग गर्दै त्यसको जिम्मा राष्ट्र बैंकले लिएर निगरानी गर्नुपर्ने माग राखेका छन् ।
सहकारीलाई जथाभावी लगानी गर्न दिन नहुनेसमेत उनीहरुको माग छ । अन्दोलनको नेतृत्व सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल)ले गरेको छ ।



प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १४:४१
प्रतिक्रिया दिनुहोस्